सञ्चारकर्मी रवी लामिछानेका दाजुको संसदीय निर्वाचन लडने घोषणा

साझासवाल

जेठ २७, काठमाडौं | सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन ।

चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाईसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत जनाएका छन ।

‘३ दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’सञ्चारकर्मी लामिछानेले भनेका छन, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।’बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने उनले जनाएका छन ।

भक्तपुर नगरकोटका स्थायी बासिन्दा लामिछाने निर्वाचन क्षेत्र भने  घोषणा गरिसकेका छैनन ।

Leave a Comment

Leave a Reply