पढ्न करिब 1 मिनेट लाग्छ

साउन १९, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवा लगातर दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।

यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिध सभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो ।

संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो ।

त्यसपछि आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न लागिएको हो । प्रधानमन्त्री देउवाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने छन् ।