2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमै रहेर हरिबिजोग भोग्न चाहेनौँ : अध्यक्ष नेपाल

भदौ ४, काठमाडौं | नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोल्न खाेलेकाे बताएका छन् । नेकपा एसनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केपी ओलीले संविधान कुल्चिएको, संसद बिघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने विकल्पमा दोस्रो रोजेको उनले बताए ।


उनले ओलीसँग बसिरहनुकाे विकल्प नभएकै कारण नयाँ पार्टी गठन गरेको बताए । केपी ओलीसमक्ष आत्मसमपर्ण गर्न नसकेको पनि उनले दाबी गरे । उनले भने, ‘हामी एमालेमै रहेर हरिबिजोग भोग्न चाहदैनौं थियौं । उनीविरुद्ध चट्टानी अडानमा उभियौँ । यही कारण नेपालको रानीतिमा हाम्रो उपस्थिति देखाइ छाड्यौं ।’ अहिले नेकपा एसको ७७ वटै जिल्लामा संगठन विस्तार भएको र अझै पनि संगठनलाई फैलाउन लागि परेको बताए ।

कार्यक्रममा उनले पार्टीको उदेश्य पुरानो समाजलाई परिवर्तन गर्ने र कुनै पनि अन्याय, अत्याचारको अन्त्य गर्ने रहेको बताए । 

केही केही नेताहरुका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको पनि उनले बताए । नेताहरूको भ्रष्टचारी व्यवहार र राज्य सत्ताको दुरुपयोगका कारण जनतामा दलिय व्यवस्थाप्रति विश्वास घटेको उनको भनाइ छ ।

 उनले भने, ‘हामी यि व्यवहारमा रहदैनाैँ भनेर सुरु मै संकल्प गर्न जरुरी छ । यसको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्छ । नेताहरू असल आर्दशप्रति सर्मपित हुनुपर्छ । नबिराउनु नडराउनु भन्ने उखान अनुसार काम गर्न जरुरी छ ।’

कार्यक्रममा उनले कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीको भविष्य नरहेको पनि बताए । तर, नामअनुसार काम गर्न भने सक्नुपनर्छ । नाम कम्युनिष्ट काम अरु गर्नेको भविष्य नभएको उनले जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक