चितवन क्षेत्र नं ३ को मतगणना सुरु

साझासवाल
1 Min Read

<p><b>मङ्सिर ५,&nbsp; चितवन | </b>चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभाको मतगणना सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना सुरु गरिएको हो । भरतपुर महानगरपालिका–६ को शहीद स्मृति मावि पारसनगर र दिवज्योति आधारभूत विद्यालय देवनगरको (क) केन्द्रको मतगणना सुरु भएको हो ।<br></p><p>यस क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । क्षेत्र नं १ र २ को मतगणना भइरहेको छ ।&nbsp; जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।</p>

Leave a Comment

Leave a Reply