काठमाडौँ ७ मा एमालेको प्रारम्भिक अग्रता

साझासवाल
1 Min Read

मङ्सिर ५, काठमाडौँ | काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले ९५० मतसहित प्रारम्भिक अग्रता कायम गर्नुभएको छ । काठमाडौँमा महानगरपालिका वडा नं १६ नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ८५६ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ६९८ मत प्राप्त गर्नुभएको छ । अपराह्न ४ बजेसम्म तीन हजार ६५९ मत गणना सकिएको छ । गणना गरिएको मतमध्ये तीन हजार ५४४ सदर र ११५ मत बदर भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।

सो क्षेत्रमा पानीको जार निर्वाचन चिह्नका उम्मेदवारले २४३, लौरो निर्वाचन चिह्नका उम्मेदवारले १३८ र क्रस खुकुरी निर्वाचन चिह्नका उम्मेदवारले १२७ मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं ७ को प्रदेशसभातर्फको दुवै क्षेत्रको मतगणना शुरु भएको छ ।

Leave a Comment

Leave a Reply