मङ्सिर ५, काठमाडौँ । घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकर्तफको प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा देखिएको छ । निर्वाचन आयोगले पछिल्लोपटक जारी गरेको मत विवरणमा ९ हजार ४२९ मतका साथ तेस्रो स्थानमा देखिएको हो ।

आमनिर्वाचन भन्दा केहि महिना मात्र अघि गठन भएको सो दलले यो समाचार तयार पर्दासम्म प्रत्यक्षतर्फ ८ स्थानमा अग्रता कायम गरेको छ । समानुपातिक तर्फ नेपाली कांग्रेसले सर्वाधिक मत ल्याएको छ । नेपाली कांग्रेसले समानुपातिक तर्फ १५ हजार ८४८ मत पाएको छ भने दोश्रो स्थानमा रहेको नेकपा एमालेले १५ हजार ८५ मत पाएको छ ।

२०७४ सालको आमनिर्वाचनम एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको थियो । नेकपा माओवादी केन्द्रले यो समाचार तयार पार्दासम्म ६ हजार ८१६ मत पाएर चौथो स्थानमा छ ।

समानुपातिक मत: एमाले-कांग्रेसले १५-१५ हजार मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई साढे ९ हजार मत
Leave a Comment