मङ्सिर ५, काठमाडौँ । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ बिजयी भएका छन् । गुरुङ २ हजार ५७७ मत पाउँदै विजयी भएका हुन्।

उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। छोपाङले २ हजार २४७ मत पाएका छन्।

२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेका पोल्देन छोपाङ गुरुङ विजयी भएका थिए । तात्कालिन समयमा एमालेका गुरुङले २३ सय मतसहित चुनाव जितेका थिए भने कांग्रेसका टेकबहादुर २०२१ मत पाएर पराजित भएका थिए । त्यस अघि टेकबहादुर गुरुङ २०७० मा संविधानसभा सदस्य बनेका थिए ।

गुरुङले २०७२ मा श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेर वैदेशिक रोजगारमा फ्री भिसा फ्री टिकटको नीति ल्याएका थिए ।

मनाङमा कांग्रेसका गुरुङ बिजयी
Leave a Comment