Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

समानुपातिक सांसद चयन गर्न राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २३, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक शनिबार बस्ने भएको छ |

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार शनिबार कार्यसम्पादन समितिको बैठक बस्दैछ।

राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ।

बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले जानकारी दिए।

यसअघि निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीअनुसार नै समानुपातिक सांसद चयन गर्नुपर्ने हुन्छ। राप्रपाले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ।