मङ्सिर २८, काठमाडौँ | अरुणाचल प्रदेशको तवाङ्गमा भारत र चीनका सैनिकबीच भए झडपलाई लिएर अमेरिकाको प्रतिक्रिया आएको छ।

अमेरिकी विदेश मन्त्रालयले भारत आफ्नो महत्वपूर्ण कूटनीतिक साझेदार रहेको बताउँदै सीमामा कुनै पनि किसिमको हमला या झडपको निन्दा गर्ने जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनका क्रममा सोधिएको प्रश्नको उत्तर दिँदै भने, 'भारत क्वार्डमा अमेरिकाको द्विपक्षीय साझेदार हो। हामी सदैव भारतसँग निकट सम्पर्क राख्छौँ। हामी कूटनीतिक वार्ताका लागि तय गरिएका माध्यमबाट समाधान प्रयास गर्छौँ।'

अमेरिकाले सीमामा हुने कुनै पनि किसिमको झडप वा आक्रमणलाई उचित नमान्ने पनि जनाएको छ।

'हामी वास्तविक नियन्त्रण रेखामा सेना या आममानिसको तर्फबाट गरिने कुनै पनि किसिमका हमला या झडपको निन्दा गर्छौँ। हामी भारत र चीन वार्ताका लागि द्विपक्षीय च्यानल उपयोग गरेको हेर्न चाहन्छौँ', उनले भने।

यसबारेमा संयुक्त राष्ट्र संघले पनि प्रतिक्रिया दिँदै भारत-चीन सीमामा तनाव कम गर्नु आवश्यक रहेको जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटारेसका प्रवक्ता स्टिफन दुजारिकले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै भने, 'हो, हामीले रिपोर्ट हेर्यौँ। हामी दुवै देशलाई तनाव कम गर्न र त्यसक्षेत्रमा थप तनाव बढ्न नदिने सुनिश्चित गर्न अपिल गर्छौँ।'

यसअघि अमेरिकाकाले पनि यस सैन्य झडपबारे प्रतिक्रिया दिएको थियो।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारीन जिन पियरेले भनेकी थिइन्, 'दुवै पक्षले यो टकरावलाई रोक्न लिएको पहलप्रति हामी खुसी छौँ। हामी त्यहाँको अवस्था हेरिरहेका छौँ। भारत र चीनले अहिलेको अवस्थालाई लिएर द्विपक्षीय च्यानलमार्फत वार्तामा बसेको देख्न चाहन्छौँ।'

भारतीय र चिनियाँ सैनिकबीच भएको झडपलाई लिएर अमेरिकाको प्रतिक्रिया यस्तो!
Leave a Comment