पुस ११, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहितको ५ दलीय गठबन्धन तोडिनुमा कांग्रेसका तर्फबाट कमजोरी र माओवादी केन्द्रका तर्फबाट बेइमानी भएको टिप्पणी गरेका छन्।

सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्। थापाले भने,‘कांग्रेस पार्टीले हिजो यो गठबन्धन जोगाउन सकेनौं। हाम्रो कमजोरी भयो। गल्ती भयो। माओवादीका तर्फबाट बेइमानी भयो,’ उनले भने, ‘प्रचण्ड आज जुन प्रधानमन्त्री बनेर सपथ लिँदै हुनुहुन्छ, उहाँलाई त नेपाली कांग्रेसका मतदाताले मत हालेको हो नि। उहाँ त नेपाली कांग्रेसका मतदाताको पनि सांसद हो नि।’

प्रधानमन्त्री र राष्ट्रपति नछोड्ने कांग्रेस सभापति शेर बहादुर देउवाको हठका कारण आइतबार प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले सहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्।

कांग्रेसबाट कमजोरी र माओवादीबाट बेइमानी भयो: गगन थापा
Leave a Comment