Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्ता पाँच सर्त राखेर गएको रहेछ रास्वपा सरकारमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ११, काठमाडौँ । अध्यक्ष रवि लामीछानेको नेतृत्वमा सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जानु पूर्व बिभिन्न पाँच सर्तमा सहमति गरेर मात्र सरकारमा गएको जनाएको छ ।&nbsp;<br></p><p>पार्टीका अध्यक्ष लामिछानेका अनुसार रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिने, उद्दारका लागि संयन्त्र बनाउने र स्टार्टअपलाई विशेष कार्यक्रम बनाउनुपर्ने शर्त सहित सरकारमा आएको बताएका छन् ।&nbsp;</p><p>सरकारलाई समर्थन गर्ने एमाले र सरकारकाे नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रपछिको तेस्रो ठूलो दल समेत रहेको रास्वपाका अध्यक्ष लामिछानेले नयाँ सरकारमा उपप्रधानमन्त्री सहित गृह मन्त्रालय मागेको छ । लामिछानेलाई नयाँ सरकारमा उपप्रधानमन्त्री बनाउने सहमति भईसकेको भए पनि गृह मन्त्रालय दिने/नदिने टुंगो लागिसकेको छैन । गृहमा माओवादी केन्द्रबाटै नारायणकाजी श्रेष्ठको समेत दावी रहेको छ ।&nbsp;</p>