2026-06-18 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद उम्मेदवार बन्ने उमेर २५ बाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्छ : पूर्वकानुनमन्त्री पौडेल

माघ १८, काठमाडौँ | प्रतिनिधिसभा सदस्य बन्नका लागि आवश्यक उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्ने पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले बताएका छन् । कानुन आयोगका पूर्वअध्यक्षसमेत रहेका उनले नेपालमा पुरातन परम्परालाई पछ्याएर प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर राखिएको बताएका हुन् । 


राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा पौडेलले निर्वाचनमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासमेत सहभागी समितिको बैठकमा पौडेलले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने व्यवस्था हटाउनुपर्ने बताएका हुन् । 'सांसद उम्मेदवार बन्ने उमेर घटाउनुपर्‍यो । उम्मेदवारको उमेर २५ वर्ष बनाउने धेरै पुरानो मान्यता हो । बेलायतमा बेबी एमपीको अवधारणा आइसक्यो,' उनले भने । स्थानीय तहको प्रमुखको उम्मेदवार बन्नका लागि २० वर्ष भए पुग्ने तर सांसद बन्न किन २५ वर्ष चाहियो ? भन्ने उनको प्रश्न थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ मा उम्मेदवारको योग्यताको व्यवस्था गरिएको छ । जसमा उम्मेदवार बन्न पाउने योग्यतामा २५ वर्ष उमेर पूरा भएको, मतदाता नामावलीमा नाम समावेश भएको, नेपालको नागरिक हुनुपर्ने लगायत छन् ।

काठमाडौं महानगरपालिकाको मेयर हुनका लागि २० वर्षको भए हुने तर सांसद बन्नका लागि किन २५ वर्ष बनाएको भन्ने कुराको कारण पत्ता हुन नसकेको पौडेलको भनाइ थियो । स्थानीय तहको प्रमुखले कार्यकारी अधिकार प्रयोग गर्ने भएपनि कम उमेरको हुने तर कानुन निर्माणको क्षेत्रमा किन २५ वर्षकै चाहिने भन्ने उनको भनाइ थियो । त्यस्तै, निर्वाचनको मिति कानुनमा नै निश्चित गर्नुपर्ने पौडेलको भनाइ छ । 'निर्वाचनको मिति तोक्ने काम संसदले गरोस्, ऐनको व्यवस्था गरेर । निर्वाचन मितिको ऐन संसदले बनाउनुपर्छ । त्यसो हुँदा सरकार र निर्वाचन आयोगले निर्वाचन मितिका लागि एक अर्कालाई देखाउने अवस्था नरहोस्,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी