<p><b>माघ २०, काठमाडौँ |</b> मेलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बिहिबार साँझ काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री इस्माइलले आज (शुक्रबार) सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका हुन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/d314fbd3c0c5bdd7c59b75358dee1bc41675425097.jpg" style="width: 768px;"><br></p><p>मलेसियाका गृहमन्त्री इस्माइलले आजै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका थिए । मलेसियाका गृहमन्त्री इस्माइल र श्रम मन्त्री अर्यालसँगको भेटवार्तामा मलेसिया र नेपालबीच थप श्रमिक लैजाने र श्रमीकका समस्या समाधानको विषयमा छलफल भएको बताइएको छ ।</p>
मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
Leave a Comment

