दुई दिनदेखि मालपोतमा लेखापढी बन्द

साझासवाल

माघ २०, महोत्तरी | महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयमा दुई दिनदेखि लेखापढी कानुन व्यवसायी (लेखनदास) ले लेखापढी बन्द गरेका छन् । लेखापढी कानुन व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवा लगायतका सबै लेखपढ गर्नुपर्ने कागजी कामकाज ठप्प छन् ।

जिल्ला प्रहरी कार्यालयले मालपोत कार्यालयबाट पाँचजना बिचौलियालाई पक्राउ गरेपछि मालपोतमा काम गर्ने लेखापढी व्यवसायीले पक्राउ परेका पनि लेखनदास रहेको भन्दै उनीहरुलाई निसर्त छाड्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।

प्रहरीले मालपोत कार्यालयबाट पक्राउ गरेका पाँच जनामाथि शान्तिविरुद्धको अपराधमा सात दिनको म्याद थप गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीले बताउनुभयो ।

बुधबार मालपोत कार्यालयको प्राङ्गणमा सेवाग्राहीलाई हाकिम, कर्मचारीसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाइ गरिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो ।

मालपोतका सेवा बन्द हुँदा सेवाग्राही निकै समस्यामा परेका छन् । मालपोतबाट हुने कामकाज हुन नपाउँदा सेवाग्राहीलाई निकै सास्ती भइरहेको छ । सेवाग्राको जग्गा खरिदबिक्री, जग्गा पास, नामसारी, राजीनामा, रोक्का, रोक्का फुकुवा लगायतका कामकाज हुन नपाउँदा सेवाग्राहीका कामकाज प्रभावित बनेका छन् ।

मालपोत कार्यालयका कर्मचारीले आफूहरुले कार्यालय बन्द नगरेको र सेवाग्राहीको काम गर्न तयार रहेको बताएका छन् । कार्यालयमा आवश्यक पर्ने कागजी प्रक्रिया पूरा गर्न लेखनदास नै चाहिने र लेखनदास आन्दोलनमा रहेका कारण सेवाग्राहीको कामकाज हुन नसकेको मालपोतका नायब सुब्बा सुशील ठाकुरले बताउनुभयो ।

Leave a Comment

Leave a Reply