2026-06-18 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल

माघ २१, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताउनुभएको छ । उहाँले पार्टीेको पाँचौँ केन्द्रीय कमिटीको बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उहाँले पार्टीले लिएको सिद्धान्त सही छ कि गलत छ त्यो व्यवहारले देखाउँछ भन्नुभयो ।

“सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ, हामी समाज बदल्न चाहन्छौँ, हामी संसार बदल्न चाहन्छौँ, हामी कम्युनिष्ट क्रान्तिकारी भएकाले माक्र्सवाद लेलिनवादको मार्गदर्शनमा हिड्छौँ ”, अध्यक्ष नेपालले भन्नुभयो । प्रतिवेदन प्रस्तुतका क्रममा उहाँले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधानका लागि समाजका विभिन्न वर्गहरुको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने जानकारी गराउनुभयो ।

उहाँले थप भन्नुभयो, “हामी कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता हौँ भनेर गौरव बोकेर पार्टी नीति, सिद्धान्तअनुसार काम गर्नुपर्छ ।” अध्यक्ष नेपालले नेपाली जनताले आफ्नो संविधान आफैँ निर्माण गर्नुपर्छ भन्ने मान्यताअनुसार राजा हटाएर संविधानसभाको निर्वाचन सम्पन्न गरी संविधान निर्माण गरेकाले त्यो संविधानप्रति बफादार भएर काम गर्नुपर्ने बताउनुभयो ।

उक्त प्रतिवेदनमा अध्यक्ष नेपालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गर्नुभएको छ । उहाँले प्रतिवेदनमा श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टी मात्र रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी