२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसदको सूचीमा जब रवि लामिछानेको नाम राखियो…

२०७९, २९ माघ आईतवार ११:३३

माघ २९, काठमाडौँ | माघ १३ गतेको सर्वोच्च अदालतको फैसलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद गइसकेको छ। नागरिकता विवादामा उनले नेपाली नागरिकता पुनप्राप्तिका लागि प्रक्रियामा जानुपर्ने अदालतले फैसला गरेपछि उनको सांसद पद गएको थियो। पद गएको १६ दिनपछि प्रतिनिधि सभाको शुन्य समयको सूचीमा भने लामिछानेकै नाम राखियो। सांसद र मन्त्री पद गुमाइसकेका लामिछानेको नाम सूचीमा राखेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाको आइतवारको बैठकमा सभामुख देवराज घिमिरेको ध्यानकर्षण गराए। 

अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षामाथि उठेका प्रश्नको जवाफ दिएर सकेलगतै खतिवडाले नियमापत्ति जनाएका थिए। 

'सभामुख मोहदयले माघ १८गते सर्वोच्च अदालतको फैसला पढेर सुनाउनु भो। शुन्य समयमा लिस्ट बितरण गर्दा शुन्य समयमा रहेका माननीय सदस्यहरु भनेर समूह ग उल्लेख गरियो। १३७ मा बिमला सुबेदी र अन्तिममा लिला देवी बोखिम भन्ने २०४ भनेर उल्लेख गरियो। १७७ मा तपाईँले बोलेको बचनअनुसार रवि लामिछाने भन्ने माननीयको नाम उल्लेख गरिएको छ। यो हजुरको मिस्टेक हो कि सचिवालयको?,' खतिवडाले प्रश्न गरे। लगतै सभामुखले खतिवडालाई जवाफ फर्काउदै व्यक्तिग गल्तीका कारण त्यसो भएको र पुरानै नामावली रहेको जानकारी गराएका थिए।  'यो व्यक्तिगत मिस्टेकले मात्रै यस्तो भएको हो। पुरानो नामावली राखिएको छ,' सभामुखले भनेका थिए।

सभामुखको जवाफ सुनेर कांग्रेस सांसद खतिवडाले हास्दै 'थम्सअप' गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो