<p><u><b>माघ २९, काठमाडौँ | </b></u>निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।<br></p><p>आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।</p><p>यसअघि चितवन-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेको थियो । जसले गर्दा लामिछानेको सांसद र गृहमन्त्री पद समेत गुमेको थियो ।</p>
चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन
Leave a Comment

