नापी कार्यालय लाहानका अमिन यादव १० हजार घुससहित पक्राउ

Posted on: 23 Aug, 2023

भदौ ६, काठमाडौँ | नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई रंगेहात नियन्त्रणमा लिएको हो । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गाधनी प्रमाणपत्र बनाउन यादवले सेवाग्रहीसँग १० हजार घुस मागेका थिए । यादवमाथि थप छानबिन भइरहेको दाहालले जानकारी  दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!