खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

Posted on: 15 Mar, 2024

चैत २, सिरहा । श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

४० वर्षीया श्रीमती कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको. हो ।

तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँ देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!