असार १५, काठमाडौँ | पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।

बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।

रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।

सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए ।

पूर्वसांसद् तथा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ
Leave a Comment