असार १५, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो । त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।

‘उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । साउन अन्तिम साताभित्रमा नतिजा सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । सोही आधारमा हुन्छ’ अध्यक्ष शर्माले भने । उत्तर पुस्तिका परीक्षण हाल प्रभावित भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनेको हो । आन्दोलनरत शिक्षकहरू परीक्षणका लागि नगएपछि उत्तरपुस्तिका परीक्षणको काम आंशिक रूपमा प्रभावित भइरहेको अध्यक्ष शर्माले बताए ।

हिस्टुनले असार १३ गतेदेखि १९ गतेसम्म एक साताका लागि परीक्षण नगर्ने बताएको हो । उनीहरूले अवरोध सिर्जना गरेपनि नतिजा प्रकाशनको काम भने समयमै हुने उनको भनाई छ । नतिजा कुनै आधारमा प्रकाशन गर्ने भन्ने यकिन भइसकेको छैन् । गत वर्ष लेटर ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । तीन वर्ष वा सो भन्दा बढीमा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले अर्को वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, अन्तिममा आएर संशोधन गरिएको थियो । र जति विषयमा नन ग्रेडेड आएको थियो। त्यति विषयको मात्र परीक्षा दिने व्यवस्था गरिएको थियो ।

Related News