<p><b>असार १९, अर्घाखाँची | </b> अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।</p><p>गाउँपालिकाको वडा नं १ पणेनास्थित गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले बताए ।</p><p>उनका अनुसार स्थानीय गंगा रास्कोटीका छोराछोरी ९, १० र ११ वर्षका धनबहादुर रास्कोटी, खुमबहादुर रास्कोटी र अन्जना रास्कोटीको मृत्यु भएको छ भने घटनामा घाइते सचिन रास्कोटीको उपचारका लागि पाल्पा पठाइएको छ । उनको अवस्था सामान्य छ ।</p><p>आज बिहान करिब साढे ६ बजेतिर आएको पहिरोले घर पुरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घनानामा टोली पुगेको र सबै विवरण आई नसकेको जनाएको छ ।</p>
पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु
Leave a Comment

