असार १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन्।

कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताए। बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गरे।

उनले भने, ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ। तर, हामी अझै केही समय हेर्छौं। यही कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै ढंगबाट आवश्यक निर्णय लिन्छौँ।’

एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको प्रष्ट्याए।

उनले भने, ‘सरकार ढाल्ने विषयमा हामी सहभागी छैनौँ। त्यसमा हाम्रो इन्ट्रेस्ट पनि छैन। अहिले हामी पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेका छौँ।’

Related News