<p><b>असार २२, काठमाडौँ |</b> पशुपतिनाथ मन्दिरभित्र आज बिहान ४३ तोला सुन फेला परेको छ । जलहरीको तौलमा हिसाब नमिलेपछि आज बिहान सोही स्थानमा खसेको सुन भन्दै ४३ तोला निकालिएको छ । ‘सुन त्यहीँ हुनुपर्छ भन्दै भुईं खोतलेपछि फेला परेको हो,’ पशुपति क्षेत्र विकास कोष स्रोतले बताए ।<br></p><p>अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साता सेना,प्रहरी,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, सरकारी निकायका प्रतिनिधि, सुन चाँदी व्यवसायी संघका प्रतिनिधिको उपस्थितिमा जोखेको जलहरीको सुनमा अझै तौल नमिलेपछि ठीक दुरुस्त बनाउन भित्रै सुन खसेको बहानामा आज उक्त परिमाणको सुन निकालिएको हुनसक्ने अनुमान छ ।</p><p>जलहरी काण्डमा धेरै जना मुछिएपछि जोगिनको निम्ति आज बिहान नयाँ हतकण्डा अपनाउँदै सुन फेला परेको नाटक गरिएको कतिपयको भनाइ छ ।</p>
पशुपतिनाथ मन्दिरभित्र आज बिहान भेटियो ४३ तोला सुन
Leave a Comment

