नेपाली कांग्रेसबाट नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

साझासवाल
1 Min Read

<p><b>असार २२, काठमाडौँ | </b>कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् ।<br></p>

Share This Article
Leave a Comment

Leave a Reply