<p><b>साउन ३२, डडेल्धुरा |</b> डडेल्धुराकाे सदरमुकाममा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका– ५ तुफानडाँडामा घरको छतबाट लडेर ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो।<br></p><p>जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बुधबार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।</p><p>उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरी धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी भट्टले बताए।</p>


