२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शरणार्थी प्रकरण: टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ सकियो

२०८०, ३२ श्रावण बिहीबार ०७:५८

साउन ३२,  काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको हो । 

थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनीहरु उच्च अदालत पाटन पुगेका थिए । कांग्रेस नेता बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझी लगायतको निवेदन भने पेसीमा चढेको छैन ।  उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतसँग माग गरेको कैफियत प्रतिवेदन नआइपुगेको कारण उनीहरुको निवेदन भने पेसीमा नचढेको हो । 

बिहीबारको पेसीमा निलम्बित सचिव टेक नारायण पाण्डे, पूर्व सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको छ । 

उच्च अदालत पाटनले उनीहरुको निवेदनमा सुनुवाइ सकेपछि धरौटी लिएर थुनामुक्त गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नेबारे आदेश दिनेछ । उच्च अदालतले तारेख वा धरौटीमा थुनामुक्त गर्ने आदेश दिएमा उनीहरु सोही आदेशमा उल्लेख भएको व्यवस्था बमोजिम थुनामुक्त भई सुरु अदालतमा चलेको मुद्दामा सहभागी हुन सक्नेछन् । धरौटी वा तारेख अस्वीकार गरेको अवस्थामा भने उनीहरु थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । उच्च अदालतको आदेश पनि बेरितको लागेमा भने उनीहरु सर्वोच्च अदालतमा निवेदन लिएर जान सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट