Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 28, 2023 समाज

नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल वर्षाले रद्द

By साझासवाल 2 मिनेट पढाइ

भदौ ११, काठमाडौँ | आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीच हुने भनिएको अभ्यास खेल वर्षाका कारण रद्द गरिएको छ ।

खेलमा नेपालले जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको थियो । तर त्यसपछि वर्षा भएकाले नेपाली महिला टोलीले ब्याटिङ गर्ने अवसर नै पाएन ।

वर्षाको कारण नेपालले ब्याटिङ गर्ने अवसर नपाएपछि खेल रद्द हुन पुगेको हो ।

नेपालले चारदेशीय महिला टी-२० खेलमा फाइनलमा हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको थियो ।

आईसीसी महिला विश्वकप टी-२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्न पाउनेछन् ।