प्लेयर अफ द म्याच बने आसिफ शेख, अरुले के- के जिते ?

साझासवाल

कार्तिक १७, काठमाडौं | टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । उनले धैर्यतापूर्वक ब्याटिङ गर्दै ५१ बलमा ६४ रन बनाएका थिए ।

म्याचपछि प्रदान गरिएका सबै पुरस्कारहरु नेपाली टिमले कब्जा गर्‍यो । बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई र बेस्ट क्याचको अवार्ड कुशल भुर्तेललाई दिइयो । यस्तै लामो हिटको अवार्ड कप्तान रोहित पौडेलले प्राप्त गरे भने फास्टेस्ट रन स्कोररको अवार्ड पनि पौडेललाई नै मिल्यो ।

माइलस्टोन अफ द डेको २५ हजार रुपैयाँको पुरस्कार फिल्म ‘दिमाग खराब’को तर्फबाट सोमपाल कामीलाई प्रदान गरियो । उनले आफ्नो करिअरको ५० औं विकेट पूरा गरेका थिए ।

Leave a Comment

Leave a Reply