२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जर्मनीद्वारा हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा

२०८०, १७ कार्तिक शुक्रबार ०९:३३

कार्तिक १७, काठमाडौं | जर्मनीले हमासका गतिविधिमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जर्मनीले इजराइलविरोधि गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरु फैलाउने एउटा प्यालेस्टिन समर्थक समूलाई विघटन गर्न आदेश दिएको पनि अल जजिराले बताएको छ ।

जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले बिहीबार हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाइएको बताइन् । हमासलाई जर्मनीले ‘आतङ्कवादी’ सङ्गठन मानेको छ । 

उनले भनिन्, ‘इजराइललाई नष्ट गर्ने उद्देश्य राखेको आतङ्कवादी सङ्गठन हमासका गतिविधिमाथि मैले आज पूर्णरूपमा प्रतिबन्ध लगाएको छु ।’

जर्मनीको उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै लेबनानमा हमासका एक अधिकारीले उक्त कदमबाट जर्मनी प्यालेस्टिनी नागरिकविरुद्धको अपराधमा इजराइलसँग साझेदारीमा रहेको थाहा भएको बताएको अल जजिराले उल्लेख गरेको छ । 


लेबनानमा हमासका प्रतिनिधि ओसामा हमदानले भने, ‘जर्मन राजनीतिक मानसिकता एउटा नरसंहार मानसिकता हो जसले सबै मानिसलाई प्रभावित गर्दछ र एउटा पार्टी वा अन्य कुनैसम्म सीमित छैन भन्नेबारेमा प्रश्न गर्न यसले हामीलाई ठाउँ दिएको छ ।’

यसबाहेक मन्त्री फेसरले हमाससहितका समूहरूको ‘समर्थन र महिमा गर्ने’ समिडोन नेटवर्कको जर्मन शाखामाथि प्रतिबन्ध लगाएर त्यसलाई भङ्ग गर्ने जानकारी दिए । हमासले अक्टोबर ७ मा इजराइलमाथि गरेको हमलाको समर्थनमा समिडोनले बर्लिनको एक सडकमा पेस्ट्री बाँडेर खुसियाली मनाएको थियो । 

मन्त्री फेसरले भनेकी छन्, ‘इजराइलविरुद्ध हमासको भीषण आतङ्कवादी हमलाको जवाफमा जर्मनीमा स्वतःस्फूर्त ‘खुसी समारोह’ आयोजना गरेर समिडोनले विशेषगरेर घृणित तरिकाले यहुदी विरोधी र अमानवीय विश्व दृष्टिकोण प्रदर्शन गरेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु