माघ १९, काठमाडौँ | दुई बालबालिकालाई अपार्टमेन्टको झ्यालबाट फाल्ने एक जोडीलाई चीनले मृत्युदण्ड दिएको छ ।

दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको आरोपमा सन् २०२० मा नै बुवा झाङ बो र ये चेङ्चेनलाई दोषी ठहर भएका थिए ।

झाङले येसँग सम्बन्ध राख्दै श्रीमतीलाई डिभोर्स दिएपछि छोराछोरीलाई मार्ने षड्यन्त्र गरेको बताइएको छ । चीनको सर्वोच्च अदालतले यो जोडीले क्रूर तरिकाले दुई बालबालिकाको हत्या गरेको जनाएको थियो ।

जोडीलाई बुधबार चीनको दक्षिणपश्चिमी चोङचिङ सहरमा मृत्युदण्ड दिइएको बताइएको छ ।

चीनमा प्रायः घातक सुई वा फायरिङ स्क्वाडमार्फत् मृत्युदण्ड दिइन्छ । झाङले सन् २०२० को फेब्रुअरीमा श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए ।

उनले सम्बन्ध राखेकी येले ती दुई बच्चाको हत्या गर्न दबाब दिएको जनाइएको छ । त्यसपछि सन् २०२० कै नोभेम्बर २ मा झाङले आफ्ना दुवै बच्चालाई अपार्टमेन्टको आफ्नो १५ औं तलाको झ्यालबाट फालेका थिए ।

१५ औँ तलाबाट फालेर छोराछोरीको हत्या गर्ने जोडीलाई चीनमा मृत्युदण्ड
Leave a Comment