फ्रेन्च महिला लिग खेल्दै साम्बा

साझासवाल
1 Min Read

माघ १९, काठमाडौँ | नेपाली महिला फुटबलर सावित्रा भण्डारी उर्फ साम्बा फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट खेल्ने भएकी हुन् ।

गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको जानकारी दिएको छ ।

फ्रेन्च क्लबमा अनुबन्ध भएपछि साम्बाले प्रतिक्रिया दिदि आफु उत्साहित बनेको बताएकी छन् । साथै उनले आफ्नो यस यात्रामा सहयोग गर्ने सहकर्मी खेलाडी, प्रशिक्षकलाई समेत धन्यवाद दिएकी छन् ।

उनले यसअघि इजरायलको लिग खेलेकी थिइन् ।

साविधा अनुबन्ध भएको क्लब गुइनगाम्प हाल फ्रान्सको शीर्ष श्रेणीको महिला लिग डिभिजन वान फेमिनाइनमा १२ खेलबाट ८ अंकसहित १०औं स्थानमा रहेको छ । गुइनगाम्पको अर्को खेल शनिबार रहेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply