Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध प्रदर्शन, पर्दर्शनकारी पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/23ade2f7b4fd935557d4e582d7f610e51483431031.jpg" style="width: 697px; float: left;"><b>पुस १९, काठमाडौं ।</b> सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशको खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।</p><p>'कुलमान घिसिङलाई काम गर्न देऊ, देशलाई लोडसेडीङमुक्त हुन देउ' भन्ने ब्यानर सहित सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोजेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । ति युवाहरुले लोडसेडीङ् मुक्त हुन लागेको देशलाई बिभिन्न शक्तिले पुन: लोडसेडीङमै धकालं चाहेको भन्दै बिभिन्न बिरोधपूर्ण नारा लगाएका थिए । उनीहरुले सर्वोच्च जस्तो देशकै ठूलो न्यायलयले पनि काम गर्नेका बिरुद्ध फैसला गरेको भन्दै बिरोध गरे ।</p><p>पर्दर्शनको लागि अदालत अगाडी आउनै लाग्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;पर्दर्शन गर्नेले खार्पाचोक युवा क्लव, काभ्रे लेखिएको ब्यानर बोकेका थिए ।&nbsp;उनीहरुले प्रहरीको भ्यानमा कोचिंदा समेत अदालतको निर्णय बिरुद्ध नाराबाजी गर्न छाडेनन् ।&nbsp;</p>