पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/b0c805237d5278759f294ec1930833581491825982.jpg" style="width: 580px; float: left;"><b>चैत २८, काठमाडौं |</b> त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ हजार ६ सय अमेरिकी डलरसहित नेपाल वायुसेवा निगमका पाइलट पक्राउ परेका छन् । <br></p><p>गएराति नेपाल वायुसेवा निगमका पाइलट सुवर्ण अवाले विमानस्थलबाट पक्राउ परेका हुन् । काठमाडौंबाट दुबर्इका लागि विमान उडाउन जाँदै गर्दा अवालेको लगेज चेकजाँच गर्नेक्रममा उक्त अवैध अमेरिकी डलर फेला परेको हो। </p><p>अवालेले आफ्नी छोरी अमेरिकामा पढ्दै गरेकोले उनको लागि पैसा लान लागेको बताएका छन् । पाइलट अवालेबारे थप अनुसन्धान भइरहेको बताउनु भयो । </p>

