पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २६, काठमाडौं । गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले मिलनलाई मंगलबार दिउँसो ३ बजेतिर उनकै घर काठमाडौंको महाराजगंजबाट पक्राउ गरेको हो ।

चुनावलाई प्रभाव पार्न सक्ने ठानेर उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

प्रहरीले यसअघि अर्का गुण्डा नाइके दीपक मनाङेलाई पनि पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार दीपक मनाङ्गे, चक्रे मिलनले चुनावलाई प्रभावित पार्न आफ्ना युवाहरु परिचालन गरेका छन् ।