पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २६, काठमाडौं । भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न बिशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शुक्रबार थप ६ दिन थुना राख्न अनुमति दिएको हो ।

गत आइतबार विशेष अदालत काठमाडौँले शर्मालाई शुक्रबारसम्म थुनामा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको थियो ।

कर फछ्र्यौट आयोगमार्फत् कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गत जेष्ठ १९ गते शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।