पत्रकारिता पेशाको खुलेयाम बद्नाम गर्दै बिभिन्न नाममा खुलेका अनलाइनहरुले आज पाठकहरुलाई 'अप्रिल फूल' भन्दै आफैलाई समेत 'फूल' बनाए तर त्यसरी प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पत्रकारिता पेशाको खुलेयाम बद्नाम गर्दै बिभिन्न नाममा खुलेका अनलाइनहरुले आज पाठकहरुलाई 'अप्रिल फूल' भन्दै आफैलाई समेत 'फूल' बनाए तर त्यसरी प"/>
२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाचार पनि ‘अप्रिल फूल’ ! पत्रकारितामा मजाक गर्ने छुट छ ?

२०७४, १८ चैत्र आईतवार १७:११

अनिल अधिकारी |

पत्रकारिता पेशाको खुलेयाम बद्नाम गर्दै बिभिन्न नाममा खुलेका अनलाइनहरुले आज पाठकहरुलाई 'अप्रिल फूल' भन्दै आफैलाई समेत 'फूल' बनाए तर त्यसरी पाठकहरुलाई मुर्ख बनाउने अनलाइनका संचालकहरुलाई प्रेस काउन्सिलले कुन हदसम्म कारवाही गर्ला हेर्न बाँकी छ | 

पत्रकारले के गर्न हुने के गर्न नहुने समेत नजानेर खुद्रा पसलबाटै अनलाइन चलाएर पत्रकारिता पेशाको नाङ्गो व्यापार भईरहेकोमा सम्वन्धित निकाय मौन छ | 

एकाबिहानै धुर्मुस सुन्तली पक्राउ भन्ने कु-समाचारबाट सुरु भएको अप्रिल फूलको सृंखला केहि अनलाइन मिडिया भनाउँदाहरुको लागि समाचार बने | समाचार कुन उध्यश्यले लेखिन्छ र यसले कतिसम्मको मर्यादा पालना गर्नुपर्छ भन्ने नबुझी जे मनमा आयो त्यसैलाई समाचार बनाएर आम पाठकलाई फूल बनाउंदै गर्दा सम्बन्धित निकायका कुनै धारणा आएका छैनन | यसको मतलव नेपालमा पत्रकारिताको अभ्यास कुनै निकायको नियमनमा चासोको बिषय नबनेको बुझ्न सकिन्छ | 

कसरी हुन्छ आफ्नो अनलाइनमा पाठकलाई तान्न जे पायो त्यहि शिर्षक र जस्को पायो त्यस्को चरित्र हत्या गर्ने, समाचार नै बनाएर अपडेट गर्ने काम भएका छन् | त्यसमा पनि आज 'अप्रिल फूल' को सन्दर्भमा समाचार नै मजाकको बिषय बनेपछि आचारसंहिता उल्लङ्घनको नाङ्गो रुप छर्लंग भएको छ | आज एक दिनको लागि भए नभएका शिर्षक र घटना विवरण राखेर समाचार बनाउन आचारसंहिताले दिन्छ ? यदी दिंदैन भने भोलीकै दिनमा प्रेस काउन्सिल नेपालले त्यस्ता अनलाइनलाई हदैसम्मको कारवाही गरोस् अन्यथा पत्रकारिताको अभ्यास गलत ट्रयाकमा लैजान सम्बन्धित निकायले नै सघाईरहेको मान्न सकिन्छ |  

यदी आचारसंहिता भन्ने के हो ? के लेख्न हुने के नहुने भन्ने नबुझी समाचार लेखिएको वा अनलाइन चलाईएको हो भने सरकारले के हेरीरहेको छ ? मजाकको बिषयमा समाचार लेख्न पाइन्छ ? वास्तविक पत्रकार हुन् भने चेतना हुन्छ कि आफ्नो पेशाको मर्यादा के हो ? अन्यथा यो पेशालाई बद्नाम बनाउने मुर्खहरुको झुण्डले अनलाइन मिडिया आम पाठकको नजरमा संवेदनाहीन बनाएका छन् | अनलाइनले जे पनि लेख्छ भन्ने भावना पैदा हुँदा समाचारको संवेदना र महत्व अर्थहीन हुन्छ ।  

अप्रिल फूल मनाउने बहानामा पत्रकारिता जस्तो पेशामा घुसेर 'अप्रिल फूल' भन्दै समाचार लेख्ने घीनलाग्दो प्रवृतिको विकास हुन दिनु हुँदैन भन्ने धेरैको तर्क छ । अप्रिल फूल मनाउने केहि खास तरिका छन् । अप्रिल फूल भन्दैमा मानवीय संवेदना तथा पेशागत मर्यादामै असर पुग्ने किसिमका पोष्टहरु गरिनु हुँदैन भन्ने बुझ्ने कि नबुझ्ने ? 

'अप्रिल फूल'मा मजाक कोसंग गरिंदैछ, के बिषयमा मजाक गरिंदैछ ? यो कुरा ध्यान दिनु पर्छ कि पर्दैन ? अप्रिल फूल मनाउँदा कुनैपनि व्यक्तिको शारीर‍िक तथा मानसि‍क चोट पुर्याउनु हुँदैन भन्ने बुझ्ने कि नबुझ्ने ? पत्रकार–संचारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य—तथ्य, वस्तुनिष्ठ एवं सन्तुलित सूचना सम्प्रेषण गर्नुपर्दछ भन्ने नियमलाई किन मानिएको छैन । 

पत्रकारिताको व्यवहारिक अभ्यास नबुझी पत्रकारितामा हात हाल्नेहरुले बुझुन् – पत्रकारिताका आधारभूत मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध रही जवाफदेही एवं उत्तरदायित्व तथा विश्वसनीयताको निर्वाह गर्न निष्ठापूर्वक उच्च व्यावसायिक अभ्यास गर्नुपर्दछ । पत्रकार आचारसंहिताको सबैभन्दा पहिलो स्थानमै गाली–बेइज्जती, शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने समाचार र विचार प्रकाशन, प्रसारण तथा उत्पादन–वितरण गर्नुहुँदैन भन्ने उल्लेख छ । यसले कसैलाई मजाकको पात्र बनाएर पत्रकारिता गर्नु हुँदैन भन्ने स्पष्ट पार्छ । 

त्यस्तै 'व्यावसायिक मर्यादा विपरीत हुने विकृत र उत्तेजक सामग्री प्रकाशन–प्रसारण तथा उत्पादन–वितरण गर्नुहुँदैन' भन्ने बिषयले पनि पत्रकारिता कतिसम्मको मर्यादित पेशा हो भन्ने कुरा स्पष्ट पार्छ । त्यस्तै पत्रकार आचारसंहिताले घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने विषयलाई पनि जोड दिंदै भनेको छ कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका व्यक्तिको नाम जोडी उसको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी समाचार सामग्री प्रस्तुत गर्नुहुँदैन । तर आज अप्रिल फूल भन्दै लेखिएका समाचारले पत्रकारिताको मर्यादाको खूला उल्लङ्घन गरेको छ । 

आचारसंहिता अनुसार पत्रकारले जुनसुकै कुरा लेखिएको भए पनि कुनै पत्रकार तथा सञ्चारमाध्यमले सार्वजनिक हित र सरोकारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले नकारात्मक असर पार्ने गरी समाचार प्रकाशन प्रसारण वा उत्पादन वितरण गरेमा प्रेस काउन्सिल आफैँले त्यस्तो पत्रकार वा सञ्चारमाध्यमका विरुद्ध यस संहिता बमोजिम कारबाही अगाडि बढाउन सक्ने उल्लेख छ । यसको मतलव आज अप्रिल फुल भन्दै पत्रकारितामै अमर्यादित अभ्यास गर्ने, अनलाइनमा समाचार सामग्री राख्दा विभत्स, अतिरंजित, असान्दर्भिक सामग्रीहरु पोष्ट भईरहंदा प्रेस काउन्सिलले आफैले आचारसंहिता उल्लङ्घन गर्नेहरुलाई के गर्ला हेर्न बाँकी छ । 

अप्रिल फूलको नाममा आज आएका मजाकका केहि समाचार …


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो