काठमाडौँको ट्रमा सेन्टरबाट हाम फालेर अमेरिकी नागरिकले गरे आत्महत्या

साझासवाल
1 Min Read

चैत १८, काठमाडौं | एक अमेरिकी नागरिकले वीर अस्पतालको ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या गरेका छन् । उपचारका लागि अस्पताल भर्ना भएका अमेरिकी नागरिकले आत्महत्या गरेको महानगरीय प्रहरी जनसेवा वृत्त न्यूरोडका डीएसपी टेकुनन्द इवा लिम्बूले जानकारी दिए ।

डीएसपी लिम्बूका अनुसार करिब ५२ वर्षीय अमेरिकी नागरिक जोनले यसअघि समेत आत्महत्याको प्रयास गरेका थिए । नेपालमा गैरकानुनी ढंगले बस्दै आएका जोनलाई प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा पुर्याएपछि त्यहाँ उनले शुक्रबार आत्महत्याको प्रयास गरेका थिए ।

झ्यालको सिसा फुटाएर आत्महत्या प्रयास गर्दा उनको घाँटी र हातमा गम्भीर चोट लागेको थियो । त्यसपछि उपचारका लागि ट्रमा सेन्टरमा पुर्याइएका जोनले आइतबार साँझ आत्महत्या गरेका हुन् ।

ट्रमा सेन्टरको छैटौ तलामा उपचार गराइरहेका जोनले बाथरुमबाट निस्किएर सिधै भर्याङबाट हाम फालेको डीएसपी लिम्बुको भनाइ छ। उनको सुरक्षामा रहेका प्रहरीलाई धकेलेर छैटौं तलाबाट हाम फालेका जोनको घटनास्थलमै मृत्यु भएको हो ।

Share This Article
Leave a Comment

Leave a Reply