असार २८, काठमाडौँ | यो वर्षको दोश्रो सूर्य ग्रहण १३ जुलाई अर्थात भोली बिहान लाग्दैछ । यो सूर्यग्रहण २०१८ को दोश्रो सूर्य ग्रहण हो । नेपालबाट सूर्य ग्रहण नदेखिएपनि यसको केहि राशीमा आंशिक प्रभाव भने पर्ने ज्योतिसहरुको भनाई छ । भोलीको सूर्य ग्रहण दक्षिण अस्ट्रेलियाको मेलबर्न, स्टीवर्ट आईल्याण्ड र होबार्टबाट बढी देखिनेछ ।

के हो सूर्यग्रहण ?

- पृथ्वी आफ्नो कक्षमा घुम्ने क्रममा सूर्यलाई परिक्रमा लगाउने गर्छ ।

- त्यसो त चन्द्रमाले पृथ्वीलाई चक्कर लगाउने काम गर्छ, यसैले जब चन्द्रमाले पृथ्वीलाई चक्कर लगाउने क्रममा सूर्य र पृथ्वीको बीचमा आउँछ तब त्यस अवस्थामा पृथ्वीबाट शुर्यको केहि अंश वा पुरा अंश ढाकिन्छ । तब पृथ्वीमा सूर्य ग्रहण लाग्छ ।

- यस खगोलीय स्थितिमा सूर्य, चंद्रमा र पृथ्वी तीनै एकै सिधा रेखामा आउँछन् ।

- सूर्यग्रहण आमावस्याको दिन हुन्छ भने, चन्द्रग्रहण संधै पूर्णिमाको दिन पर्छ ।

सूर्य ग्रहणको समय र प्रभाव

- भोली सूर्य ग्रहण करीब एक घण्टासम्म लाग्छ । नेपाली समय अनुसार ग्रहण बिहान ७ बजेर ३३ मिनेटदेखि शुरू भएर बिहान ८ बजेर २८ मिनटसम्म रहनेछ ।

हिन्दु धर्म अनुसार ग्रहणको समयमा प्रभा अनुसार बिभिन्न कुरामा बार्नुपर्ने हुन्छ तर भोलीको ग्रहण नेपालबाट नदेखिने हुँदा खाना लगायत कुरामा बार्नु नपर्ने भएपनि शुभ काम गर्न वा कुनै महत्वपूर्ण कामको सुरुवात नगर्नु नै राम्रो हुन्छ । सूर्य ग्रहण पृथ्वीको जुन भागमा लागेपनि त्यसको आंशिक प्रभाव सबै स्थानमा पर्ने धार्मिक विश्वास छ । ग्रहण समयमा पूजा पाठ र भगवानको मुर्तिहरु छुन हुँदैन भन्ने मान्यता छ । ज्योतिसका अनुसार भोलीको ग्रहणको प्रभाव कर्कट, मिथुन र सिंह राशिमा बढी पर्छ । ग्रहणको कारण यी राशि भएकाहरुको बन्ने काम पनि बिग्रन सक्ने वा रोकिन सक्ने हुन्छ ।

त्यस्तै साधारणत: ग्रहण अघि पकाइएको भोजन ग्रहणपछी खानु नराम्रो माइन्छ । त्यस्तै गर्भवती महिलाहरुले ग्रहण समयमा घरबाहिर निस्कन हुँदैन भन्ने पनि छ । त्यस्तै ग्रहण कालमा पति-पत्नी समेत संगै नरहन सल्लाह दिने गरिन्छ । मुख्यत: ग्रहणको समयमा शारीरिक सम्बन्ध राक्न हुँदैन ।

त्यस्तै ग्रहण पछि आफ्नो घर वा कोठाको सरसफाई गर्नु अति राम्रो मानिन्छ ।

भोली बिहान सूर्य ग्रहण, कति बजेसम्म रहन्छ प्रभाव ?
Leave a Comment