सप्तरीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>असार २८, राजविराज |</b> सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो ।&nbsp;<br></p><p>बा.७०प ८०९२ नंको मोटरसाइकललाई ना.५ख ४८१७ नंको बसले ठक्कर दिँदा घाइते हुनुभएका मोटरसाइकलको पछाडि सवार २० वर्षीय रोशन चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।&nbsp;</p><p>त्यस्तै वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । कृष्ण सवरन गाउँपालिका–३ बस्ने चार वर्षीय जीवन मण्डलको खेल्ने क्रममा घरदेखि एक सय मिटर पश्चिमतर्फ रहेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply