स्तनपान गराउनेको संख्या घट्दै, स्तनपानका फाइदा के-के ?

साझासवाल
4 Min Read

विष्णु नेपाल | साउन १६, काठमाडौँ | स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र राष्ट्र संघीय बालबालिका कोष (युनिसेफ)का प्रतिनिधि टोमो होजुमीले आज संयुक्त रुपमा सो कक्षको शुभारम्भ गर्नुभयो ।

स्तनपानका लागि स्वास्थ्य निकायमा छुट्टै कक्ष स्थापना भएको यो पहिलो पटक हो । मन्त्रालय मातहतका स्वास्थ्य सस्था, अस्पतालले समेत छुट्टै स्तनपान कक्ष नरहेका बताइएको छ ।

अर्काेतर्फ, हालसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयमा कार्यरत महिला कर्मचारीका लागि स्तनपान कक्ष छैन । कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भन्नुभयो– “स्तनपानका लागि कार्यालयमा छुट्टै कार्यकक्ष स्थापना भएको छैन ।”

साथै नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन तथा सिहदरबारस्थित सचिवालयको भवनमासमेत स्तनपान कक्ष छैन । पहिलो र दोस्रो संविधानसभा बैठकका समयमा भने महिला सांसदका लागि छुट्टै कोठाको व्यवस्था मिलाइको थियो । सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले भन्नुभयो, “संघीय संसद् भवन र सचिवालयमा स्तनपानका लागि छुट्टै कक्ष रहेको छैन ।”

उसो त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलमा ‘स्तनपान कर्नर’ रहेका छ । तर सबै यात्रुले देख्नसक्ने ठाउँमा सो कर्नर नरहेको बताइएको छ ।

पछिल्लो जनसाङ्ख्यीक सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्णस्तनपान गराउनेको संख्या ६६ प्रतिशत मात्र रहेको छ । पूर्णस्तनपान भन्नाले शिशुको जन्म भएपछि एक घण्टाभित्रदेखि पाँचवर्षसम्मको स्तनपानलाई जनाउछ । अर्काेतर्फ शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र रहेको छ ।

सर्वेक्षणले स्तनपान गराउनु अघि दसजनामध्ये तीनजना शिशुलाई ध्यू,मह ,चिनी चटाउने गरेको देखाएको थियो । शल्यक्र्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूघलाई प्रतिस्थापना गर्ने अन्य खुवाइने गरेको देखिएको छ ।

अर्कातर्फ आमाको दूधलाई प्रतिस्थापना गर्ने बस्तु बिक्री वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । सो सम्बन्धी ऐन २०४९ र नियमावली २०५१ जारी भएको थियो ।

काठमाडौँ उपत्यकामा नै स्तनपानको अवस्था दयनीय

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले गरेको एक अध्ययनका अनुसार काठमाडाँै उपत्यकाभित्र रहेका अस्पतालमा नै स्तनपान अवस्था गतिलो छैन । अध्ययनका अनुसार जन्मेको एकघण्टाभित्र स्तनपानको दर केवल ४१ प्रतिशत मात्र रहेको छ ।

यसैगरी शिशु जन्मने वित्तिकै आमाको नाङ्गो छातिमा टसाएर राख्ने दर केवल नौ प्रतिशत छ । शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यसले सहयोग गर्ने स्वास्थ्य विज्ञ अतुल उपाध्याय बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप हो, जन्मेको एक घण्टाभित्रदेखि छ महिनासम्म स्तनपान मात्र, दुई वर्षदेखि स्तनपानका साथमा अन्य खानेकुरा खुवाउनाले आमा र शिशुको स्वास्थ्य राम्रो हुन्छ । ”

स्तनपानका फाइदा

स्तनपानले आमलाई गर्भ निरोधकको रुपमा काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोत हो । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता हुन्छ ।

शिशुलाई जन्मनासाथ छातिमा टासेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्छ । यसले सालनाल निक्लन र रक्तश्रावसमेत बन्द हुने र आमाको तनावसमेत कम हुने महाशाखाका अधिकृत मुकुन्दराज गौतम बताउनुहुन्छ । आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलामतत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधँै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ । यसरी शिशु आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन् ।

‘स्तनपान: जीवनको मूल’ आधार भन्ने नाराका साथ यसवर्ष स्तनपान दिवश साताव्यापि रुपमा मनाइँदै छ ।

Leave a Comment

Leave a Reply