साउन २६, काठमाडौँ | पद्यमकन्या क्याम्पसका प्राडा हरिहर भण्डारी र पाटन संयुक्त क्याम्पसका प्राडा विश्वनाथ भण्डारीलाई पित्रृशोक परेको छ ।
उहाँहरूका पिता छविनाथ भण्डारीको ८५ वर्षको उमेरमा आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।स्व भण्डारी मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका चार छोरा, तीन छोरी हुनुहुन्छ ।