असोज १४, काठमाडौँ | काठमाडौँको बुढानिलकन्ठ स्थित बिद्युत प्राधिकरणका कर्मचारी २० हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । काभ्रे स्थाई घर भएका कृष्ण प्रसाद शर्मालाईलाई आज बिहान ११:३० बजे अख्तियारको टोलीले पक्राउ गरेको हो ।

भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालको सहयोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालले शर्मा लाई एकजना सेवाग्राहीसँग घुस लिएको प्रमाण सहित पक्राउ गर्न सफल भएको छ । शर्माले नयाँ घरमा मिटर जडान गर्न १ महिनादेखि झुलाएर २५ हजार घुस रकम दिए मात्र तत्काल काम गरिदिने भन्दै पैसाको अफर गरेका थिए । सेवाग्राहीले आफुले गर्नुपर्ने काम बापतको राजश्व बुझाउँदा बुझाउंदै पनि पुन: कर्मचारीलाई थप पैसा दिनुपरेको भन्दै निवेदन दिएका थिए । पछी २० हजार दिने सर्तमा कुरा मिलाएर उक्त रकम लिन प्राधिकरणकै अगाडी रहेको चिया पसलमा शर्माले सेवा ग्राहीसंग २० हजार घुष रकम लिएका थिए ।

प्राधिकरणमा इलेक्ट्रीसियन तेश्रो तहमा कार्यरत शर्मा ५२ बर्ष पुगिसकेका छन् । उनलाई अख्तियारको टोलीले स्थानीय जनप्रतिनिधिहरुको रोहवरमै राखेर खानतलासी गर्दा २० हजार रकम लिएको प्रमाण सहित रंगेहात पक्राउ गरेर थप अनुसन्धानको लागि लागिएको छ ।

भिडियो हेर्नुहोस्

तश्विर: अनिल अधिकारि (सास/काठमाडौँ)

घुस रकम सहित नेपाल विद्धुत प्राधिकरणका कर्मचारी पक्राउ (भिडियो सहित)
Leave a Comment