कृष्णनगर भन्सारको लक्ष्य: आठ सय करोड

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

माधव बेल्वासे | असोज १४ कपिलवस्तु | कृष्णनगर भन्सार कार्यालयको आर्थिक बर्ष ०७५÷०७६ मा आठ सय करोड लक्ष्य संकलन गर्ने जनाएको छ । आर्थिक बर्ष ०७४÷०७५ को लक्ष्य ४ सय १३ करोड राजश्व असुलीमा १५२ प्रतिशत बृद्धि भई ६ सय ३१ करोड राजश्व असुली भएको थियो । गत बर्ष संकलन भएको राजश्वमा थप ३३ प्रतिशतले बृद्धि गरी यस आर्थिक बर्षको लक्ष्य ८ सय ७ करोड रहेको कृष्णनगर भन्सार कार्यलयका प्रमुख पुण्य विक्रम खड्काले वताए ।

आर्थिक वर्षको सुरुका दुई महिनामा लक्ष्य अनुसार राजस्व असुली हुन नसकेका खड्काले जनाए ।साउन र भाद्र महिनाको राजश्व असुलको अनुपातले बार्षिक लक्ष्य अनुसार राजश्व असुली कम भएको छ ।

गत बर्षको अघिल्लो महिनाको राजश्व असुली अनुपातमा हेर्दा यस बर्षको सुरुवाती २ महिनाको राजश्व असुली बढि नै देखिए पनि बार्षिक लक्ष्य अनुसार राजश्व असुली कम भएको  खड्काले बताए ।

“विगतका बर्षमा पनि सुरुवाती महिनामा राजश्व असुली सन्तोषजनक थिएन । बर्षको अन्तिम ६÷७ महिना २०० प्रतिशतले राजश्व असुली बृद्धिको तथ्यांकका आधारमा यस बर्ष पनि लक्ष्य सम्म हामी पुग्न सक्छौं ” प्रमुख खड्काले भने ।

यस भन्सार नाकाबाट धेरै राजश्व असुल कच्चा पदार्थ क्लिंकरबाट हो । सिमेन्ट उद्योगहरुको कच्चा पदार्थ यो नाका हुदै घोराही सिमेन्ट सम्म विगतमा जाने गरेको थियो । अहिले घोराही सिमेन्टले आफ्नै क्लिङकर प्लान्टबाट क्लिङकर उत्पादन गर्न  लागेकोले त्यो घटेको कार्यलयले जनाएको छ । क्लिङकर प्लान्टलाई अपग्रेड गरेर घोराही सिमेन्टले अन्य सिमेन्ट उद्योगलाई क्लिङकर पठाउन थाले पछि भारतबाट आयात हुने क्लिंकरमा कमि भएको भन्सार प्रमुख खड्काले वताए ।

बार्षिक लक्ष्य पुरा गर्न अन्य आधारहरु पनि भएको प्रमुख खड्काले बताए । चन्द्रौटा कृष्णनगर औद्यौगिक करिडोर बनाउने भनेर सरकारले घोषणा गरि सकेको अवस्थामा अन्य उद्योगहरु आउन लागे भन्ने हामी सजिलै लक्ष्य भेटाउन सक्छौ ।  निर्माण कार्य भइरहेको स्टील कम्पनी संचालनमा आयो र उत्पादन सुरु गर्यो भने भारतबाट त्यसका लागि पनि कच्चा पदार्थ आयात हुन्छ अनि करिडोर नै बन्दै गर्दा उद्योग निर्माण सामाग्री पनि भारतबाट नै आउने हुदाँ राजश्वको बार्षिक लक्ष्य प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ ।भन्सारमा राजश्व असुली भएन भन्ने चिन्ता भन्दा पनि देश मै कच्चा पदार्थ उत्पादन सुरु भयो भन्नेमा हामी खुसी भएको प्रमुख खड्काको भनाई छ ।

कृष्णनगर भन्सार कार्यालयको बार्षिक राजश्व संकलन लक्ष्य संग भर्खरै ठूलो भन्सारको रुपमा संचालनमा आएको सुठौली भन्सार कार्यालय पनि जोडिएको छ । यस बर्ष सुठौली भन्सार कार्यालयलाई पहिलो बर्ष भएर १५ करोडको मात्रै लक्ष्य दिइएको प्रमुख खड्काले बताए । राजश्व चुहावट नियन्त्रण, अपलचन हुन नदिई यस बर्षको राजश्व लक्ष्य पनि पुरा गर्ने उनले थपे ।

चन्द्रौटा कृष्णनगर औद्यौगिक करिडोर बन्दै गर्दा कृष्णनगर भन्सार कार्यालयको पनि अपग्रेड गर्ने तर्फ आफ्नो ध्यान गएको खड्काले बताए । भारत बाट नेपाल छिर्ने मालबाहक सवारीहरुलाई पार्किङ्गको लागि हाल भएको याड सानो हुने भएकोले यसको विस्तारका लागि पनि पहल भएको खड्काले बताए । ओभर लोडका विषयमा पनि भन्सार कार्यालयमा वेइङ्ग मेशिन राख्ने सम्बन्धमा पनि टेण्डर भइसको उनले जानकारी दिए । भन्सार पेरीफेरी विस्तारका लागि अर्थ मन्त्री र  भन्सार निर्देशक संग कुरा राखि सकेको प्रमुख खड्काले बताए । कृष्णनगर भन्सार कार्यालयको याड सानो भएकोले याड विस्तारका जग्गाको विषयमा प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाह संग पनि छलफल भएको र शाहले पनि सकारात्मक लिएकोले छिट्टै याड विस्तार हुने  खड्काले बताए ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply