पढ्न करिब 1 मिनेट लाग्छ

असोज २५, काठमाडौं । यो हप्ताभरी उकालो लागेको विदेशी मुद्राको भाउ बिहीबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ र बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रिदर २८ रुपैयाँ ६६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४३ र बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ९९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ १३ पैसा र बिक्रिदर ३ सय १५ रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।