कात्तिक १४, काठमाडौँ | सभामुख कृष्णबहादुर महरा आज थापाथलीस्थित नर्भिक अस्पताल जानु भई त्यहाँ उपचाररत वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो ।

न्युरो अस्पतालबाट तुलाधरलाई मङ्गलबार रिफर गरी नर्भिक अस्पतालमा लगिएको थियो । सो अस्पतालका चिकित्सकद्वय आरके अग्रवाल र राजीव झालगायतका समूह उहाँको उपचारमा संलग्न हुनुहुन्छ ।

सो अवसरमा सभामुख महरालाई उपचारमा संलग्न चिकित्सकले तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

उपचारमा कुनै कमी हुन नदिन सो अवसरमा सभामुख महराले चिकित्सकसँग आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको सभामुख महराको निजी सचिवालयले जनाएको छ ।

सभामुखद्वारा तुलाधरको स्वास्थ्यबारे जानकारी
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment