दोलखामा सालकको खपटासहित एकजना पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

कात्तिक १४, दोलाखा | दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो ।

संरक्षित वन्यजन्तु सालकको खपटा बिक्री वितरणका लागि लादै गरेको प्राप्त गोप्य सूचनाका आधारमा खटिएका प्रहरी टोलीले मङ्गलबार अपराह्न ४ बजे बा ९१ प ५८४४ नम्बरको पल्सर मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न दुई जनामध्ये एक जनाले बा ८३ प २९१९ नम्बरको पल्सर मोटरसाइकल छोडेर भागेको बताइएको छ । फरार अभियुक्तको खोजीकार्य भइरहेको र पक्राउ परेका खड्कालाई अनुसन्धान गरी कारवाहीका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइने प्रहरीले जनाएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply