२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने

२०७५, ८ फाल्गुन बुधबार ०९:१७

फागुन ८, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।  

डीएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट अमेरिका पठाइन लागेको हो ।  यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि डीएनएको वैधानिकतामाथि प्रश्न उठाएको थियो ।  निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण ‘इलेक्ट्रोफेरोग्राम’ परीक्षणको प्रक्रियामाथि पनि प्रश्न उठेको छ ।  विज्ञहरुले डिएनएको समग्र संकलन प्रक्रियाका लागि विज्ञ समुह गठन गर्न सुझाव दिदै आएका छन् । स्रोतका अनुसार ‘इलेट्रोफेरोग्राम’ लाई अमेरिका पठाइनेछ । यसबारे डीएनए विज्ञहरुसँग छलफल भइरहेको स्रोतले बतायो । 

स्रोतका अनुसार प्रहरीको विधि विज्ञान प्रयोगशालामा ‘अटोसोमल एसटीआर’ निकाल्ने उपकरण मात्रै रहेको र अन्य उपकरण नरहेपछि विस्तृत रिपोर्टका लागि अमेरिकाको ल्याबमा पठाउन लागिएको हो ।

प्रहरीको प्रयोशालामा भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिएको अधिकारीहरुले बताउँदै आएका छन् । प्रहरीका अनुसार नमुना निकै कम भएकाले त्यसको संरक्षण गर्न नसकिएको हो । तर विज्ञहरुले भेजाइनल स्वाबबाट निकालिएको नमुना सुरक्षित नराख्नु गम्भीर गल्ती भएको बताउँदै आएका छन् । ’ 

गत साउन १० गते साथीको घरमा निस्कीएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । 

उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भएपनि हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।  केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले समातेका संकास्पद व्यक्तिले अभियोग स्वीकार गर्ने तर डीएनए नमिल्ने भएपछि अनुसन्धानमा जटिलता थपिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग