विमानस्थलले ४ मिनेटको समय नदिँदा १९० यात्रु बोकेको नेपाल एयरलाइन्सको उडान रोकियो !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

चैत २०, काठमाडौं | मंगलबार राति दुबईका लागि  उडान भरेको नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको उडान रद्द भएको छ । राति १० बजे विमानस्थल बन्द हुने व्यवस्था रहेको भन्दै एटिसीले अनुमति नदिएपछि उडान रद्ध भएको हो |

१७६ जना यात्रु र १४ जना चालकदलका सदस्य रहेको विमानलाई एटिसीले उडाउने अनुमति नदिएपछि रद्द गरिएको नेपाल एयरलाइन्सका प्रवक्ता क्याप्टेन विजय लामाले बताए।

उक्त उडानका लागि सबै यात्रुलाईको बोर्डिङ पनि गरियो । नेपाल एयरलाइन्सको वाइडबडी जहाज साढे ८ बजे ह्यांगरबाट निकालेर पार्किङ वेमा ल्याइयो । त्यसलगत्तै क्याटरिङ आइटम जहाजमा बोर्ड गरियो र यात्रुलाई पनि जहाज चढाइयो।

९ बजेर ३५ मिनेट जाँदा यात्रु सबै चढिसकेपछि ९:३७ जहाजमा इन्धन भर्ने काम पनि सकियो । इन्जिनियरिङ क्लिरेन्स पाएपछि ९:४५ मा जहाजका सबै ढोका बन्द भए र यात्रुहरु जहाज उड्ने पर्खाइमा रहे।

जहाजको जब ढोका बन्द गरेर ब्याक गरी उडान शुरु गर्ने तयारी गर्यो त्यही समय ड्र्यागन एयरको जहाज पनि धावनमार्गमै थियो।

१० बज्न तीन मिनेट बाँकी हुँदा ड्र्याग उड्यो तर नेपाल एयरलाइन्सको जहाज भने उड्न पाएन।

‘क्याप्टेनले जहाजमा प्यासेन्जर बोर्ड भइसकेको र केबल चार मिनेटमात्र थप गरिदिन आग्रह गरेका थिए तर पनि विमानस्थलले दिएन’ लामाले भने,‘यसो हुँदा एकातिर दुबई जाने भनेर जहाज चढिसकेका यात्रुहरु एकातिर मानसिक तनावमा परे अर्कोतिर हामीलाई पनि क्षति भयो।’

जहाज ह्यांगरबाट तानेर ल्याउन दिने, प्यासेन्जर बोर्ड पनि हुन दिने तर चार मिनेट समय नदिएर विमानस्थलले राष्ट्रिय ध्वजावाहकमाथि अन्याय गरेको लामाको भनाइ छ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply