बैशाख ११, काठमाडौं । मिसन नेपालको संयोजनमा राष्ट्रका नयाँ युवाहरुको समुहले विकृति, विसंगति विरुद्ध सामाजिक आन्दोलन गर्ने तयारी गरेको छ । समुहले विकृति, विसंगति विरुद्ध देशब्यापी रुपमा अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।

मुलुकमा भैरहेका पछिल्ला समयका घटनाहरुलाई लिएर अभियान सञ्चालनसँगै देशलाई निकास दिने मिसन नेपालका प्रबक्ता सफलता बोगटीले बताईन् ।

देशमा भएको अन्याय, अत्याचार, बिखन्डन, बलात्कार, महिला हिंसा, गृहयुद्ध, कृषिमा निरासा एवं वैदेशिक हस्तक्षेपको विरुद्धमा नयाँ राष्ट्रिय एकताको मिलनबिन्दु तय गर्न शान्तिपुर्ण आग्रहको बाटोमात्र देशलाई खाचो परेको प्रबक्ता बोगटीले बताईन् ।

बोगटीले युवाशक्तिले मात्र दीर्घकालीन परियोजना ल्याउनसक्ने र काम गर्ने क्षमता पनि तिब्र हुने युवाशक्ती देशमा नै प्रयोग गर्नुपर्ने जोड दिईन् ।

राष्ट्र निर्माणमा हरेक नेपालीलाई समाबेश गर्दै देशमा भैरहेको समस्या चुनौतीलाई पार गर्दै देशब्यापी रुपमा सामाजिक आन्दोलनको सम्पूर्या तयारी भैसकेको मिसन नेपालका प्रबक्ता सफलता बोगटीले जानकारी दिईन् ।

मिसन नेपालले विकृति, विसंगति विरुद्ध देशब्यापी आन्दोलन गर्ने
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment